स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एसको तयारी: महासचिव भुसालले जारी गरे चारबुँदे सर्कुलर, परिचालन कमिटी गठन

नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राख्दै पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ। महासचिव घनश्याम भुसालले जारी गरेको सर्कुलरमा पार्टीको अवस्था, उम्मेदवारको खोजी, तालमेल, र निर्वाचन तयारीमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।

No Author Assigned | २०८१ भदौ १७ गते १०:२७
Image of storage/news/1725272852.jpg

नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राख्दै पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ। महासचिव घनश्याम भुसालले जारी गरेको सर्कुलरमा पार्टीको अवस्था, उम्मेदवारको खोजी, तालमेल, र निर्वाचन तयारीमा विशेष ध्यान दिन निर्देशन दिइएको छ।

 

सर्कुलरमा समावेश चार बुँदाहरू:

 

१. पार्टीको अवस्था र वस्तुस्थिति: निर्वाचन हुने स्थानीय तहमा पार्टीको अवस्था र वस्तुस्थिति बुझ्न र त्यसको रिपोर्ट पठाउन भनिएको छ।
  
२.उम्मेदवारको खोजी र तालमेल: निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी, घोषणा, र अन्य पार्टीसँग तालमेलको सम्भावनाको विश्लेषण गर्न निर्देशन दिइएको छ।
  

३.जनता माझ कार्यक्रम: दशैँ, तिहार, छठ जस्ता चाडपर्वका अवसरमा कार्यक्रम गरी पार्टीलाई जनतामाझ पु¥याउन भनिएको छ।

 

४.निर्वाचन तयारीका अन्य काम: निर्वाचन केन्द्रित तयारीका लागि आवश्यक अन्य कामहरू गर्न निर्देशन दिइएको छ।

 

यस सर्कुलरसँगै नेकपा एसले उपनिर्वाचन तयारीका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ, जसमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, र सचिवहरू सदस्य छन्। विभिन्न प्रदेशका संयोजकहरू पनि तोकिएका छन्।


Facebook Comments