Ad Image

मर्स्याङ्दी गाउँपालिकामा दसैँलक्षित हाटबजार सञ्चालन हुने

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1725274647.jpeg

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दसैँको अवसरमा हाटबजार सञ्चालन गरिने भएको छ। आइतबार आयोजित ‘कृषि हाटमेला सञ्चालनसम्बन्धी बैठक’ले असोज १७, १८, र १९ गते तीन दिनसम्म हाटबजार सञ्चालन गर्ने निर्णय गरेको हो।

 

स्थानीय उत्पादनहरूको बजारीकरणलाई प्रवर्द्धन गर्न पहिलोपटक हाटबजार मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। साथै, प्रांगारिक मसला र जडीबुटी खेतीलाई प्रोत्साहन गर्न जनता एग्रो तथा फरेस्ट्री लिमिटेडसँग सहकार्य गर्ने निर्णयसमेत गरिएको छ, जसले किसानहरूलाई जडीबुटी खेती गर्न उत्साहित गर्ने अपेक्षा गरिएको छ।

 

बैठकले १५ सदस्यीय हाटबजार सञ्चालन समिति, ११ सदस्यीय न्यूनतम समर्थन मूल्य निर्धारण समिति, र पाँच सदस्यीय कृषि तथा हाटबजार सल्लाहकार समिति गठन गरेको छ।