मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलीय संयन्त्रद्वारा तालाबन्दी

प्रमुख प्रशासकीय अधिकृत मिश्रले छलफलका लागि तोकिएको समयमा उपस्थित नभएपछि नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी लगायतका दलहरू सहभागी सर्वदलीय समितिले तालाबन्दी गरिदिएको पालिका अध्यक्ष रामजानकी यादवले जानकारी दिए ।

Mayorsap

सोम, भदौ १७, २०८१ | १७:३५ बजे

महोत्तरीको पिपरा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्रको कार्यकक्षमा सर्वदलीय संयन्त्रले तालाबन्दी गरेको छ। 

 

 गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार  मिश्रले छलफलका लागि तोकिएको समयमा उपस्थित नभएपछि नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी लगायतका दलहरू सहभागी सर्वदलीय समितिले तालाबन्दी गरिदिएको पालिका अध्यक्ष रामजानकी यादवले जानकारी दिए । 

 

नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, जनमत पार्टी लगायतका दलहरू सहभागी सर्वदलीय समितिले शिक्षा, स्वास्थ्य, कृषि, र पशु स्वास्थ्य जस्ता क्षेत्रहरूमा अनुगमनपछि उठेका गुनासा र कमीकमजोरीबारे छलफल गर्न प्रमुख प्रशासकीय अधिकृतसँग समय मागेको थियो। तर, प्रमुख प्रशासकीय अधिकृत मिश्र पटकपटक समय दिएर पनि उपस्थित नभएपछि बाध्य भएर तालाबन्दी गरिएको लोसपाका पिपरा गाउँपालिका कमिटी अध्यक्ष विनीत पाण्डेयले बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology