मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

पेरिस प्यारालिम्पिकमा ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरले गर्यो सम्मान (तस्विरसहित)

आइतबार पोखरामा आयोजित एक समारोहमा मेयर धनराज आचार्यले गोवर्धनलाई २ लाख २२ हजार २२२ रुपियाँ नगद र सम्मानपत्र प्रदान गरेका हुन।

Mayorsap

आइत, भदौ ३०, २०८१ | १३:२० बजे

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। 

 

आइतबार पोखरामा आयोजित एक समारोहमा मेयर धनराज आचार्यले गोवर्धनलाई २ लाख २२ हजार २२२ रुपियाँ नगद र सम्मानपत्र प्रदान गरेका हुन। मेयर आचार्यले पलेसाको सफलता नेपाली खेलकुदका लागि गर्वको विषय भएको भन्दै उहाँको जितले खेल क्षेत्रमा नयाँ उत्साह थपेको बताए। "नेपालकी छोरी पलेसाले प्राप्त गरेको यो सफलता समग्र नेपाली खेलकुद जगतकै लागि प्रेरणादायक छ," उनले भने।

 

सोही कार्यक्रममा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

 

पलेसाले पेरिस प्यारालिम्पिकको ५७ केजी तौलसमूहमा सर्वियाली खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी हुन्। पलेसा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण पदक जितेर चर्चामा आएकी थिइन्। पलेसा २०१० देखि तेक्वान्दो खेलमा सक्रिय छिन्।

तस्विरहरु

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology