मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

घरपझोङ गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘उज्यालो घरपझोङ’ अभियान

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीका अनुसार गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको सेवा सुविधाबाट प्राप्त रकमले घरपझोङका पाँच वडाका बस्तीमा सडक बत्ती जडान गरिएको छ।

Mayorsap

सोम, भदौ ३१, २०८१ | ०९:०३ बजे

मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो घरपझोङ’ अभियान सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो तलब र सुविधाबाट यो अभियान सञ्चालन गरेका हुन्।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीका अनुसार गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको सेवा सुविधाबाट प्राप्त रकमले घरपझोङका पाँच वडाका बस्तीमा सडक बत्ती जडान गरिएको छ।

 

अध्यक्ष लालचनले घरपझोङको छैरो, चिमाङ, पुथाङ एयरपोर्टबाहेकका बस्तीमा स्टेप लाइट राखेर रातिको समयमा बत्ती जडान गराएका छन्। ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ, र मार्फा बस्तीहरूमा बत्ती जडान भइसकेको छ, जसले यी बस्तीहरू रातिको समयमा झलमल्ल देखिन्छन्। सडक बत्तीको महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको छ।

 

अध्यक्ष लालचनले चुनावमा गरेका प्रतिबद्धता अनुसार पर्यटकीय बस्तीको सौन्दर्य र सुरक्षाका लागि यो अभियान सञ्चालन गरेको बताए। उनले आफ्नो कार्यकालमा सेवा सुविधाबापत पाएको रकमबाट करिब रु ६ लाख सामाजिक क्षेत्रमा खर्च गरेको जानकारी दिए।

 

गाउँपालिकाले बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई मार्गबाट देखिने गरी विभिन्न बस्तीमा विद्युतीय होडिङ बोर्ड राख्न थालेको छ, जसले गाउँको पहिचानलाई प्रवर्द्धन गर्ने र पर्यटकहरूलाई बस्ती चिन्न सजिलो हुने अपेक्षा गरिएको छ।

 

जोमसोममा रहेको ‘मातृचक्र’ नामक संरचना पनि अध्यक्ष लालचनकै सेवा सुविधाबाट व्यवस्थापन गरिएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology