मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

ग्रामीण सडक मर्मतमा पालिकाहरूको चासो: चाडपर्वलाई लक्षित गर्दै काम तीव्र

कालीगण्डकी गाउँपालिका, रुरुक्षेत्र गाउँपालिकाका,चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाले एकैसाथ चाडपर्व लक्षित सडक मर्मत थालेका छन।

Mayorsap

मंगल, असोज १, २०८१ | १०:३८ बजे

चाडपर्व नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका सडकहरूको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ। 

 

कालीगण्डकी गाउँपालिका, रुरुक्षेत्र गाउँपालिकाका,चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाले एकैसाथ चाडपर्व लक्षित सडक मर्मत थालेका छन।


कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले दसैँतिहार मनाउन गाउँ फर्कनेहरूको सङ्ख्या बढ्ने भएकाले सडक मर्मतलाई प्राथमिकता दिएको जानकारी दिईन । वर्षा रोकिएपछि बिग्रिएका सडकहरू मर्मत गर्दा यात्रामा सहजता आउने र दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने उनको विश्वास छ। 


यस्तै, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पनि पालिकाभित्रका सबै सडक मर्मतलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले वर्षा रोकिएकाले एक-दुई दिनपछि मर्मत कार्य सुरु हुने बताए । 


चन्द्रकोट गाउँपालिकाले वडाबाट बजेट विनियोजन गरी मर्मत कार्यलाई अघि बढाएको छ। पालिकाका प्रवक्ता घनश्याम खरेलले मुख्य सडक सुचारु रहेको र ग्रामीण सडकहरूको मर्मत कार्य सुरु भइसकेको जानकारी दिए। उनले चाडपर्वको बेला सहर वा विदेशबाट गाउँ फर्कनेहरूले सडक समस्याका गुनासा गर्न नपर्नेगरी काम गरिने दाबी गरे । 


यसैगरी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले ग्रामीण क्षेत्रका सडक मर्मत कार्य भइरहेको र वडाध्यक्षहरूलाई पहिरो पन्छाउन तथा सडक मर्मत गर्न निर्देशन दिएको बताए।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology