मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

सुदूरपश्चिमका १० पालिकामा एकीकृत कृषि र पशु भवन निर्माण सम्पन्न, हस्तान्तरणको तयारी

डडेलधुराका चार, कैलाली र दार्चुलाका दुई-दुई तथा बैतडी र डोटीका एक-एक पालिकामा भवन निर्माण गरिएको छ।

Mayorsap

बिही, असोज ३, २०८१ | १२:४३ बजे

सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा कृषि तथा पशु ल्याबसहितका एकीकृत सेवा भवन निर्माण सम्पन्न भएको छ। निर्माण भएका भवनहरू स्थानीय तहलाई असोज मसान्तसम्म हस्तान्तरणको तयारी भइरहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कोरिडोर कार्यालय, डडेलधुराका प्रमुख डा. उत्तम आचार्यले जानकारी दिएका छन्।

 

डडेलधुराका चार, कैलाली र दार्चुलाका दुई-दुई तथा बैतडी र डोटीका एक-एक पालिकामा भवन निर्माण गरिएको छ। ती पालिकाहरूमा डडेलधुराको आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका तथा डोटीको जोरायल गाउँपालिका रहेका छन्।

 

सोमबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा कार्यालय प्रमुख आचार्यले दसैँतिहारको बिचमा ती भवनहरू हस्तान्तरण गरिने बताए। भवनमा कृषि तथा पशु ल्याबसहितको सुविधा रहने र यसले किसानका काम प्रभावकारी रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

 

पालिकाहरूमा कृषि र पशु शाखाका काम अहिले एउटै कोठाबाट सीमित रूपमा हुँदै आएको छ, जसका कारण सेवा प्रवाहमा कठिनाइ भएको थियो। नयाँ भवनको निर्माणसँगै कृषि र पशु सेवालाई प्रभावकारी बनाउन ल्याबसहितका सुविधा उपलब्ध गराइने बताइएको छ।

 

नेपाल सरकार र विश्व बैंकबीच २०७७ पुस ६ गते सम्झौता भएपछि सुदूरपश्चिमका पाँच जिल्लाका १७ वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना लागू भएको हो। महाकाली राजमार्ग अन्तर्गतका जिल्लाहरूमा लागू गरिएको यो आयोजना पाँच वर्षका लागि सञ्चालनमा आएको हो।

 

आर्थिक वर्ष २०८१/८२ का लागि ३५ करोड ८४ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याइएको छ। साथै, रिडसँग सम्झौता भएका ३० वटा उत्पादक संस्थाहरूलाई अनुदान प्रदान गरिनेछ, जसमा कृषक समूह २४ र सहकारी संस्था ६ रहेका छन्।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology