Ad Image

रुपनी गाउँपालिकामा क्लबको अतिक्रमित जग्गामा डोजर चलाइयो

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726896999.jpg

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ मा रहेको रुपनी युवा आदर्श क्लबको अतिक्रमित जग्गामा निर्माण गरिएको पक्की संरचना डोजर लगाएर भत्काइएको छ। वडाध्यक्ष लिला यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको उपस्थितिमा भएको भेलाले क्लबको जग्गा खाली गर्न निर्णय गर्दै डोजर चलाएको हो।

 

२०३२ सालमा बजार स्थापना भएपछि स्थानीय धनीले बजारलाई जग्गा हस्तान्तरण गरेका थिए, जसमा क्लबको भवनसमेत थियो। उक्त जग्गा भोगेन्द्र यादव र काली यादवले आफ्नो नाममा नामसारी गरी पक्की संरचना निर्माण गरेपछि गाउँपालिकाले चासो देखाएको थियो। काली यादवले जग्गा फिर्ता गरेपनि भोगेन्द्र यादवले अझै फिर्ता नगरेकोले कानुनी कारबाही अघि बढाइने अध्यक्ष यादवले बताए।

 

क्लबको जग्गामा ४९ वर्षदेखि रहेको संरचना भत्काइएको छ, र भोगेन्द्र यादवले क्लबको घर तोडफोड गरी करिब १० लाख क्षति पुर्याएकोले क्षतिपूर्ति भराउनेसहित कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा पत्राचार गरिसकेको जानकारी दिइएको छ।

 

वडाध्यक्ष लिला यादवको अध्यक्षतामा आयोजित बैठकमा विभिन्न पार्टी प्रतिनिधि, युवा, व्यापारी, र स्थानीयको उपस्थिति थियो। जग्गाधनी भोगेन्द्र यादवले भने आफूले जग्गा किनेको दाबी गर्दै कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताए।