मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

धरान उपमहानगरपालिका

स्वास्थ्य क्लिनिक

पहिरो

भरतपुर महानगरपालिका

पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आज हुने

प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङको भनाई

Mayorsap,विवेक मण्डल

बिही, असोज १७, २०८१ | १०:३६ बजे

काठमाडौँ
असोज १७ गते ,
विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आज हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष/महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology