मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

भाटभटेनीको वातावरण अभियान

हामीलाई प्राप्त जानकारी अनुसार उपत्यका भित्रका भाटभटेनीका कुनैपनि शाखामा प्लास्टिक झोला प्रयोग नहुने र ग्राहकले झोला किन्नुपर्ने भएपनि उपत्यका बाहिर भने प्लास्टिक झोला सहजै उपलब्ध गराइने गरेको छ।

Mayorsap

आइत, असोज २०, २०८१ | १७:२४ बजे

 

उपत्यकाका बजारमा प्लास्टिक झोला सजिलै विक्रि वितरण तथा सहज उपलब्ध रहेपनि केहि ठुला व्यापारिक संस्थामा भने सहज उपलब्ध छैन। उपत्यकामा वातावरण प्रदुषण न्यूनीकरण गर्न सरकारसंग हातेमालो गरेको नाटक गर्ने व्यापारीहरुले  उपत्यका बाहिर खासै यस कुरामा ध्यान दिएको पाइदैन ।

उदाहरणका लागी देशभर शाखा रहेको भाटभटेनी सुपरमार्केटको उपत्यका भित्र १३ शाखा र उपत्यका बाहिर १४ शाखा रहेको भाटभटेनीका एक कर्मचारी सुनिल श्रेष्ठले जानकारी दिनुभयो । हामीलाई प्राप्त जानकारी अनुसार उपत्यका भित्रका भाटभटेनीका   कुनैपनि  शाखामा प्लास्टिक झोला प्रयोग नहुने र ग्राहकले झोला किन्नुपर्ने भएपनि उपत्यका बाहिर भने प्लास्टिक झोला सहजै उपलब्ध गराइने गरेको छ। उक्त कुराको बारेमा जानकारी लिन हामीले भाटभटेनी बिरगंज शाखाको  फोन नम्बर +९७७ ५१ ५९२०९१ मा फोन गरि सोधेका थियौ उक्त फोनमा प्राप्त जानकारी अनुसार मूल्यमा देशभर एकरुपता कायम भएको यस संस्थाको प्लास्टिक  झोला प्रयोग नीतिमा भने एकरुपता नभएको पाइयो । 

यसबारे थप जानकारीको लागी हामीले वातावरण विभागका सुचना अधिकारी दीपक ज्ञवालीसंग टेलीफोन कुराकानी गरेका थियौ, सुचना अधिकारी ज्ञवालीका अनुसार  नेपाल सरकारले ४० मईक्रोन भन्दा कमका  प्लास्टिक झोलाहरु प्रयोगमा रोक लगाएको बर्षौ बितिसक्दा पनि उपत्यका बाहिर यसको प्रयोग रोकिएको छैन।  कानुन बनेको भएपनि उपत्यका बाहिर कार्यन्वयन प्रभावकारी नभएको जानकारी दिनुभयो। 

यसै विषयमा हामीले त्याहाका ग्राहकसंग समेत कुराकानी गर्दा वहाँले  भन्नुभयो “म आजभन्दा ३-४ महिना पहिला विरगंज भाटभटेनीमा सामान किन्न जाँदा सामान्य किनमेल गर्दा समेत प्लास्टिकको दिएको तर उपत्यकामा भने आफुले सामानलान समस्या रहेको जानकारी सहित अनुरोध गर्दापनि प्लास्टिक झोला नभएको र किन्नु पर्ने झोलाको मूल्य भने रु ४० रहेको भन्नुभयो” ।

मेयरसाप डट कमको प्रश्न “के वातावरण प्रदुषण उपत्यकामा मात्र हुन्छ ? नेपाल सरकारलाई प्लास्टिककै कारण हेलिकप्टर दुर्घटना स्मरण नभएको हो?"

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology