Ad Image

प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1728484711.jpg

काठमाडौँ 
असोज २३ गते,
दसैंको पावन अवसरमा, लुम्बिनी प्रदेश प्रहरी अस्पतालले नरैनापुर गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। चाडपर्वको समयमा सबैले स्वस्थ रहन पाउने उद्देश्यका साथ यो शिविर आयोजित गरिएको हो।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहका अनुसार, प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीद्वारा ४१६ जनाको निःशुल्क उपचार गरिएको छ। विभिन्न वडाबाट बिरामीहरु शिविरमा उपस्थित भएका थिए,जहाँ सामान्य चिकित्सा, हाडजोर्नी,स्त्री तथा  प्रसूतिरोग,शल्यचिकित्सा,बालरोग,दन्तरोग,मानसिक रोग,र अन्य चेकअप सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले स्वास्थ्य उपचार सेवामा पछाडि परेको समुदायका लागि यस्ता शिविर महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालले पनि स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहोस् भन्ने चाहना व्यक्त गर्दै यो शिविरको महत्वलाई उल्लेख गर्नुभयो ।
शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी र नरैनापुरका विभिन्न वडाका स्थानीय बासिन्दा गरी ४१६ जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधी वितरण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।