मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

सप्तरीको छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि

“धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै,छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिन पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भने,”राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ ।”

Mayorsap,विवेक मण्डल

आइत, असोज २७, २०८१ | १३:४४ बजे

काठमाडौँ
असोज २७ गते,
सप्तरीको प्रसिद्ध शक्तिपीठ कङ्कालिनी  मन्दिर र छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार पुष्पवृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका–३ सखडामा अवस्थित छिन्नमस्ता र हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा रहेको कङ्कालिनी मन्दिरमा पुष्पबृष्टी गरिएको हो । 
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार पहिलो पटक आज शुक्रबार गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको हो ।
“धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै,छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिन पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्”, अध्यक्ष चौधरीले भने,”राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ ।”
यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको  मन्दिरको अध्यक्ष चौधरीले बताए । मन्दिरका पिठाधीश महकान्त ठाकुरका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।
यसैगरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरसमेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्पवृष्टि गरिएको छ । विगत दुईवर्षदेखि बडा दसैँको महानवमीका दिन हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
कङ्कालिनी मन्दिरमा दशैंको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले बताएका छन् । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology