मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

धरान उपमहानगरपालिका

स्वास्थ्य क्लिनिक

पहिरो

भरतपुर महानगरपालिका

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताए ।

Mayorsap,विवेक मण्डल

बुध, असोज ३०, २०८१ | १६:०२ बजे

काठमाडौँ 
असोज ३० गते,
यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ । जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५,६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताए । 
सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएको बताए । उनले यी दुवै खोलाले बर्सेनि खेती योग्य जमिन कटान गरि रहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गरे ।
पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताए । स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गरे । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology