मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

धरान उपमहानगरपालिका

स्वास्थ्य क्लिनिक

पहिरो

भरतपुर महानगरपालिका

वर्षा र बाढीले इनरुवा, धरान र दुहबी पालिकामा १५ करोडको क्षति

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान

Mayorsap

शुक्र, कार्तिक २, २०८१ | ११:३९ बजे

सुनसरी, कात्तिक २ । हालैको बाढीबाट इनरुवा, धरान र दुहबी पालिकामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ र दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र बाँकी इनरुवा पालिकामा गरी १५ करोड रुपैयाँ रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । इनरुवामा  दुई बिघामा गरिएको सागसब्जी तथा  केराखेतीमा पनि क्षति भएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology