मेयरसाप

विद्यालय

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

तोरी,कोदो,फापर,पिँडालु,साग,मुसुरोलगायत बाली लगाएर आय आर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवर्द्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

विवेक मण्डल

शनि, कार्तिक ३, २०८१ | १९:०५ बजे

काठमाडौँ 
कार्तिक ३ गते,
पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ ।  बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणलाई प्राथमिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।
तोरी,कोदो,फापर,पिँडालु,साग,मुसुरोलगायत बाली  लगाएर आय आर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले  अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ  ।  यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवर्द्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आय आर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । 
अनुदान कार्यक्रम अन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान,मेसिनरी सहयोग,प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । तोरीको लागि तीन लाख,मुसुरोलाई दुई लाख ५० हजार,कोदोलाई छ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ । 
तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि छ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले भने,“मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं” ।
 

सहकारी,किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट  तोरी,मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology