मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्षसहितका जनप्रतिनिधि चीन प्रस्थान

स्थानीय सरकारको एसिया प्यासिफिक सम्मेलनमा भाग लिने

आरसी

आइत, कार्तिक ४, २०८१ | १३:०० बजे

काठमाडौं । चीनमा हुने युनाइटेड सिटीस् एण्ड लोकल गभर्मेट एसिया प्यासिफिक च्याप्टरको सम्मेलनमा भाग लिन गाउँपालिका महासंघका अध्यक्ष, नगरपालिका संघका अध्यक्षसहित केही स्थानीय तहका जनप्रतिनिधिहरु आज चीन प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन विमानस्थलबाट आजको उडानमार्फत नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना, गाउँपालिका महासंघकी अध्यक्ष तथा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बाग्लुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ, बाग्लुङ नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी लिम्बुलगायत आठ जनाको टोली चीन प्रस्थान गरेको हो ।

चीनको गोञ्जाउ सहरमा हुने स्थानीय सरकारहरुको एसिया प्यासिफिक सम्मेलनमा भाग लिन नेपालको स्थानीय सरकारको प्रतिनिधित्व गर्दै गाउँपालिका महासंघ र नगरपालिका संघको टोली विभिन्न स्थानीय तहका प्रतिनिधिसहित चीन प्रस्थान गरेका हुन् ।

टोली पाँच दिन चीन बसेर नेपाल फर्किने गाउँपालिका महासंघका निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । प्याकुरेलका अनुसार नेपालबाट गाउँपालिका महासंघकी अध्यक्षसहितको टोली स्थानीय सरकारको विश्व संगठनको एसिया च्याप्टरमा भाग लिन चीन प्रस्थान गरेका हुन् ।

चीनमा स्थानीय सरकारको विश्व संगठनअन्तर्गत एसिया प्यासिफिक च्यापटरको नियमित बैठकमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । नेपालको नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगाना स्थानीय सरकारको विश्व संगठनअन्तर्गतको एसिया प्यासिफिक क्षेत्रमा ‘को–प्रसिडेण्ड’ अर्थात ‘सह–अध्यक्ष’ को भूमिकामा रहेका छन् ।

अहिलेको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे अब चयन हुने एसिया प्यासिफिक क्षेत्रको महिलाहरुको स्थायी कार्यसमितिमा उठ्ने तयारीका साथ चीन गएको गाउँपालिका महासंघका निर्देशक राजेन्द्र प्याकुरेलले मेयरसाप डट कमलाई जानकारी दिनुभयो । नेपाली टोली आउँदो ९–१० गते नेपाल फर्कने छ । 

चीनमा हुँदा स्थानीय सरकारका राम्रा र उदाहरणीय काम, गतिविधिहरुको अवलोकन साथै नेपादली उत्पादनहरुको बजारको सम्भावनाबारे पनि अध्ययन तथा छलफल गर्ने योजना रहेको बाग्लुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाली टोलीले चीनका स्थानीय सरकारहरुले गरेका राम्रा कामको अवलोकन पनि गर्नेछ ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology