मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

अख्तियारमा सबैभन्दा धेरै उजुरी स्थानीय तहका

उजुरीका आधारमा मधेशका स्थानीय तहहरु भ्रष्टाचारका ‘हट स्पट’

आरसी

आइत, कार्तिक ४, २०८१ | १६:४६ बजे

काठमाडौं, कात्तिक ४ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी परेका छन् । अख्तियारले जारी गरेको गएको आर्थिक वर्षको प्रतिवेदनमा संघ र प्रदेशकाभन्दा धेरै गुणा बढी उजुरी स्थानीय तहका परेको देखिन्छ ।

सात प्रदेशमध्ये बागमती प्रदेशबाहेक अन्य प्रदेशका स्थानीय तहका उजुरी आयोगमा बढी परेका छन् । आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मधेश प्रदेशमा स्थानीय तहका उजुरी धेरै परेका छन् ।

मधेश प्रदेशमा स्थानीय तहका ६ हजार २६३ उजुरी आयोगमा परेका छन् भने मधेश प्रदेशअन्तर्गत संघका १ हजार ५२७ र प्रदेशका ७३९ उजुरी अख्तियारमा परेका छन् । त्यस्तै कोसी प्रदेशमा पनि सबैभन्दा बढी स्थानीय तहका उजुरी आयोगमा परेका छन् । कोसीबाट १ हजार ९९९ उजुरी स्थानीय तहका आयोगमा परेका छन् ।

बागमतीमा भने संघका उजुरी अख्तियारमा धेरै परेका छन् भने स्थानीय तह र प्रदेशका उजुरी क्रमशः परेका छन् ।त्यस्तै गण्डकी प्रदेशबाट पनि धेरै स्थानीय तहका उजुरी आयोगमा परेका छन् ।

गण्डकीका स्थानीय तहका १५ सय उजुरी आयोगमा परेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि स्थानीय तहकै उजुरी आयोगमा बढी परेका छन् । आयोगले जारी गरेको प्रतिवेदनअनुसार लुम्बिनीमा २ हजार ९४० उजुरी स्थानीय तहका परेका छन् ।

त्यस्तै कर्णालीका २ हजार १२८ र सुदूरपश्चिमका १ हजार ७४० उजुरी स्थानीय तहका आयोगमा परेको देखिन्छ । यो डाटाले पनि सबैभन्दा बढी भ्रष्टाचारको चलखेल स्थानीय तहमा हुने गरेको पुष्टि गर्दछ । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology