मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

वीरगञ्जमा १३ ओभरलोड गाडीहरू ट्राफिक कारबाहीमा

२ लाख भन्दा बढी जरिवाना असुल

Mayorsap

सोम, कार्तिक ५, २०८१ | १६:०५ बजे

वीरगञ्ज, कात्तिक ५: वीरगञ्जको ड्राइपोर्ट चौकमा ट्राफिक प्रहरीले ओभरलोड भएका १३ वटा सवारीसाधनलाई कारबाही गर्दै २ लाख १२ हजार ४ सय १७ रुपैयाँ जरिवाना असुल गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टले चेकजाँचको क्रममा कानुन उल्लंघन गर्दै निर्धारित सीमा भन्दा बढी सामग्री बोकेका गाडीहरूलाई रोकेर कारबाही अघि बढाएको हो।

उक्त गाडीहरू वीरगञ्जको एकीकृत चेकपोस्ट (आईसीपी)बाट विभिन्न गन्तव्यतर्फ गइरहेका थिए। ती गाडीहरूमा सिमेन्ट उद्योगको कच्चा पदार्थ (फ्लाई एश) लोड गरिएको थियो भने सबै गाडीहरू भारतीय नम्बर प्लेटका थिए। ट्राफिक प्रहरीले चेकजाँचपछि ती सवारीसाधनहरूलाई यातायात व्यवस्था कार्यालयमा बुझाएर जरिवाना लगाएको हो।

ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, ओभरलोड भएका गाडीहरूलाई ११ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ। ओभरलोडले सवारी दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै उनले नियमित चेकजाँचलाई निरन्तरता दिने बताए। ओभरलोडका कारण सडकहरूको अवस्था पनि बिग्रँदै गएको र कतै उठेको कतै बसेको हुँदा दुर्घटनाका घटनाहरू बारम्बार हुने गरेको भट्टले प्रष्ट पारे।

ओभरलोड गाडीहरूले सडक सुरक्षामा गम्भीर चुनौती उत्पन्न गर्ने भएकाले ट्राफिक प्रहरीले चालेको यस कदमले सडक सुरक्षा प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology