मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

के हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाको मुद्दा चल्छ ?

संविधानको भावनाविपरीत कार्यवाहकको जिम्मेवारी वडाअध्यक्षलाई दिएपछि बढ्यो विवाद

Mayorsap

मंगल, कार्तिक ६, २०८१ | १३:१९ बजे

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संविधानको भावना विपरीत कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएपछि पालिकाको विवाद अदालतसम्म पुगेको छ ।

वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्रकु्मार फागुलाई कार्यवाहकको जिम्मेवारी दिएर मेयर साम्पाङ बेलायत पुगेका पुग्नुभएको छ । तर, वडाध्यक्षलाई दिएको कार्यवाहक कानुनविपरीत रहेको भन्दै उपमेयर आइन्द्रविक्रम बेघाले गएको कात्तिक ४ गते उच्च अदालत विराटनगर अदालत पुग्नुभयो।

उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ ।

आइतबारसम्म अदालतको पत्र नबुझी वडाध्यक्ष फागुले मेयरकै कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहनुभएको थियो। उता बेलायतमा रहेनुभएका मेयर साम्पाङले पनि आफूलाई अदालतले मेयर नबनाएको भन्दै आफ्नो निर्णयबाट पछि नहट्ने बताउनुभएको थियो । तर आइतबार नै फागुले अदालतको पत्र बुझेको   बताउनुभयो । उहाँले अहिले कार्यालय छोडेको जानकारी दिए ।    

‘मलाई कुनै अदालतले चुनेको होइन । लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो १ म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो । मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु । मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक । केही हल्ला नगर । मुख छाड्नु नपरोस् । धरानको विकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है,’ मेयर साम्पाङले सोमबार साँझ फेसबुकमा लेख्नुभएको थियो।

मेयर साम्पाङ र वडाध्यक्ष फागु दुवै अदालतको आदेश नमान्ने र आदेशविपरीत अभिव्यक्ति दिएपछि अवहेलनाको मुद्दा चलाउने तयारीमा अधिवक्ताहरु रहेका उपमेयर बेघाको सचिवालयले जानकारी दिएको छ ।

‘उहाँहरु अदालतको आदेश नमान्ने, मैले बोलेको र गरेको नै कानुन हो भन्ने,’ सचिवालय सदस्यले भने, ‘यहाँका वकिलहरु अवहेलनाको मुद्दा चलाउने कुरा गर्नु भएको छ ।’

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने साम्पाङको पत्र कार्यान्वयन नगर्न आदेश दिएका थियो । सो  मुद्दाको सुनुवाइ मंगलबार हुँदै छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology