मेयरसाप

खोला किनार मिचेर बनाइएको संरचना हटाउन धनगढी उपमहानगरले दियाे अन्तिम अल्टिमेटम

Mayorsap

बुध, कार्तिक ७, २०८१ | १२:५३ बजे

कैलाली, कात्तिक ७: धनगढी उपमहानगरपालिकाले खोला नालाको वहाब रोकिने गरी मिचेर बनाइएका संरचना हटाउन अल्टिमेटम दिएको छ ।

सार्वजनिक सूचना निकालेर उपमहानगरले खोला नालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाब रोकिने गरी निर्माण गरिएका भौतिक संरचनाहरू यही कात्तिक मसान्तभित्र हटाउन अल्टिमेटम दिएको हो । अन्यथा  स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्रचलित ऐन कानुन वमोजिम कारबाही हुने सूचनामा भनिएको छ ।

‘धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका खोला नालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाब रोकिने गरी निर्माण गरिएका भौतिक संरचनाहरु हटाई पानीको प्राकृतिक बहाबलाई यथावत कायम राख्ने र खोला किनाराका सार्वजनिक जग्गाहरुमा पानी बहाब र आवश्यकता अनुसार हरियाली विकासका साथै सडक तथा फुटपाथ निर्माण गर्ने कार्य संचालन गर्नको लागि खोला तथा नालाको अधिकार क्षेत्र र सेटव्याक रेखाङ्कन तथा सिमाङ्कन गर्ने कार्यक्रम रहेको हुदाँ वडा नं. १,२,३,४,५,६,७,८ र १३ का प्राकृतिक खोला नालाहरुमा निर्माण गरिएका भौतिक संरचनाहरु मिति २०८१ कार्त्तितक मसान्त भित्र हटाई सहयोग गरि दिनु हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ । यदि तोकिएको समयमा त्यस्ता किसिमका भौतिक संरचनाहरु तोकिएको म्यादभित्र नहटाइएमा स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही भइ जाने व्यहोरासमेत जानकारी गराइन्छ,’ प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology