मेयरसाप

कीर्तिपुर नगरपालिका

बजेट

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

सिदिङ्वा गाउँपालिका

कृषि अनुदान

काठमाडौं महानगरपालिका

कमलबजार नगरपालिका

स्थानीय तह

तिहार र छठमा काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्री गर्न नपाइने

‘हामीले बजेटमै प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छौँ । त्यसैलाई कार्यान्वयनस्वरूप चाडपर्वमा कडाइ गर्न लागेका हौँ । अन्य समयमा भन्दा तिहारमा प्लास्टिकजन्य फूलमाला धेरै बिक्री हुने भएकाले यतिवेला थप कडाइ गर्न लागेका हौँ,’ महानगरपालिकाअन्तर्गत वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राईले भनिन्,‘सार्वजनिक सूचना पनि जारी गर्छौं । उक्त सूचना उल्लंघन गरेमा जरिवाना गर्छौं ।’ महानगरभित्र प्लास्टिकजन्य फूलमाला बिक्री भए–नभएको अनुगमनसमेत हुनेछ । अनुगमनका क्रममा बिक्री भए सामान जफतसमेत हुनेछ ।

Mayorsap,विवेक मण्डल

बिही, कार्तिक ८, २०८१ | १०:५९ बजे

काठमाडौँ 
कार्तिक ८ गते,
काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र कसैले प्लास्टिकका फूलमाला,सजावटका सामान बिक्री गरे आर्थिक ऐन ०८१ र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ बमोजिम जरिवाना गर्ने भएको छ । 
‘हामीले बजेटमै प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छौँ । त्यसैलाई कार्यान्वयनस्वरूप चाडपर्वमा कडाइ गर्न लागेका हौँ । अन्य समयमा भन्दा तिहारमा प्लास्टिकजन्य फूलमाला धेरै बिक्री हुने भएकाले यतिवेला थप कडाइ गर्न लागेका हौँ,’ महानगरपालिकाअन्तर्गत वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राईले भनिन्,‘सार्वजनिक सूचना पनि जारी गर्छौं । उक्त सूचना उल्लंघन गरेमा जरिवाना गर्छौं ।’ महानगरभित्र प्लास्टिकजन्य फूलमाला बिक्री भए–नभएको अनुगमनसमेत हुनेछ । अनुगमनका क्रममा बिक्री भए सामान जफतसमेत हुनेछ ।
महानगरले आर्थिक वर्ष ०८१/०८२ को बजेटमै एकल प्रयोगको प्लास्टिक,प्लास्टिकको फूलगुच्छा उत्पादन,बिक्री वितरण र आयात एवं ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य उत्पादन तथा प्रयोगलाई पूर्ण निषेध गरिने उल्लेख गरेको छ । गतवर्ष पनि महानगरले तिहार तथा छठ पर्वमा घर,पसलहरू सजाउनका निम्ति प्रयोग हुने प्लास्टिकका फूल,माला तथा सजावटका सामान किनबेच नगर्न भनेको थियो । प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान लुकिछिपी बिक्री गर्नेको गरेको ठाउँबाट जफतसमेत गरेको थियो ।
यसैगरी,महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय फूलमाला बिक्री गर्ने स्थान तोक्ने भएको छ । यसका लागि महानगरले उपयुक्त स्थान खोजिरहेको छ । उपभोक्ता र उत्पादक दुवैलाई पायक पर्ने स्थान खोज्ने काम भइरहेको महानगरले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology