मेयरसाप

प्रधानमन्त्रीको पुत्ला प्रदर्शन हुँदा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरूवा

स्रोतका अनुसार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो ।

Mayorsap,विवेक मण्डल

बिही, कार्तिक ८, २०८१ | ११:०४ बजे

काठमाडौँ 
कार्तिक ८ गते,
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ ।
बुधवार गृहमन्त्री स्तरीय निर्णय गरी सिडिओ यादवलाई हटाएर प्रकाश पौडेललाई खटाइएको हो । त्यस्तै रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ । 
स्रोतका अनुसार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो ।
'उक्त भिडिओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो,'स्रोतले भन्यो ।
यादव र रिमाल दुवै जना चितवनबाट बिहीबारै हिँड्ने तयारीमा रहेको स्रोतको भनाइ छ । यादव गृह मन्त्रालय र रिमाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा आउने पनि स्रोतले बतायो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology