कर तिर्न गएका सेवाग्राहीलाई जनकपुरका नगर प्रहरीले कुटे
मँगलबार नगर सरसफाईको क्रममा थापाचोकस्थित पसल सँचालक रहेका साहसँग नोकझोँक भएको थियो । सोही निहुँ र रिसबीको कारण उनलाई कोठामा थुनेर कुटपिट गरेका साहलाई उदृत गर्दै वडा नं.९ का वडाध्यक्ष परमेश्वर साहले जनाए ।
Mayorsap,विवेक मण्डल
बिही, कार्तिक ८, २०८१ | १०:५४ बजे
काठमाडौँ
कार्तिक ८ गते
जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेको घटना बाहिरिएको छ ।
बुधबार नगरपालिकाको कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीलाई नगर प्रहरीले पुरानो निहुँमा कुटपिट गरेको आरोप लगाईएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापाचोक बस्ने स्थानीय व्यवसायी कौशल किशोर साहलाई नगर प्रहरीले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरका नगर प्रहरी नीतिश रायले उनलाई कोठामा लगेर कुटपिट गरेको बताइएको छ । मँगलबार नगर सरसफाईको क्रममा थापाचोकस्थित पसल सँचालक रहेका साहसँग नोकझोँक भएको थियो । सोही निहुँ र रिसबीको कारण उनलाई कोठामा थुनेर कुटपिट गरेका साहलाई उदृत गर्दै वडा नं.९ का वडाध्यक्ष परमेश्वर साहले जनाए ।
वडाध्यक्ष साहले करदाता आफ्नै वडाको रहेको र उनको अनुहारमा कुटपिटको निशान देखिएको बताउँदै छानबिन सुरु गरिएको बताए । उनले छानबिनको क्रममा दोषी जो देखिएपनि कारवाही हुने बताए । उनले दोषी करदाता भएपनि कारवाही हुने बताए ।