मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न घुस खाने बुद्धशान्ति गाउँपालिका वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा

Mayorsap

सोम, कार्तिक १२, २०८१ | १७:४९ बजे

काठमाडौँ, कात्तिक १२: जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । 

सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष ओलीले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गर्न गराउन सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार ओलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ८० हजार रुपैयाँ  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दर्ता गरिएको हो । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology