मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

दुई हजारभन्दा बढीको निःशुल्क आँखा परीक्षण

परीक्षणका क्रममा आँखामा गम्भिर समस्या देखिएका बिरामीलाई बाहिर गएर परीक्षण गर्ने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा पालिकाले विशेष योजना बनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।

Mayorsap,विवेक मण्डल

मंगल, कार्तिक १३, २०८१ | १०:१८ बजे

काठमाडौं 

कार्तिक १३ गते,
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा दुई हजार ६२ जनाले सेवा लिएका छन् । वडा तहमै पुगेर गरिएको शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आँखा परीक्षण गरिएको थियो । कालीगण्डकी गाउँपालिकाले बि.एम.फाउण्डेशनसँग मिलेर नागरिकको आँखा परीक्षण गरेको हो । 
वडा नं. १ मा भएको शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । यस्तै वडा नं.२ मा ३५१,वडा नं.३ मा भएको शिविरमा २५२ जनाले वडा नं.४ मा ३१० जना, वडा नं.५ का ३२९, ६ मा २६६ जना र वडा नं.७ मा २५४ जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट सात १३ जना पुरुष र एक हजार तीन सय ४९ जना महिलाको आँखा परीक्षण गरिएको छ । 
परीक्षणका क्रममा आँखामा गम्भिर समस्या देखिएका बिरामीलाई बाहिर गएर परीक्षण गर्ने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा पालिकाले विशेष योजना बनाएर काम गरिरहेको उहाँले बताउनुभयो । 
पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिएको भन्दै अध्यक्ष थापाले समय–समयमा वडा तथा गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको जानकारी दिनुभयो । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology