मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

तानसेन नगरपालिकाले दियाे भैँसीपालक किसानलाई अनुदान

Mayorsap

बुध, कार्तिक १४, २०८१ | १४:३३ बजे

रामपुर (पाल्पा), कात्तिक १४: भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।     
     
 यहाँका २५ किसानलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि रु ४० हजारका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उहाँ बताउनुहुन्छ ।     
     
 वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो । किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ ।     
     
 नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताउनुभयो ।     
     
 नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदान लगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।    

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology