काठमाडौं महानगरले आफ्नो कार्यालय परिसरमा भोलिदेखि साँझबाट निःशुल्क पार्किङ गर्न दिने
Mayorsap
बिही, मंसिर ६, २०८१ | २१:३३ बजे
काठमाडौँ , काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि रातको ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङ्का लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।
प्रशासन विभागका प्रमुख ध्रुुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि यो व्यवस्था लागू गरिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।