Ad Image

गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर ४०० पुर्‍यायाे

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732253703.jpg

सिरहा। गोलबजार नगरपालिकाले प्रति कट्ठा ५ रुपैयाँ लाग्ने भूमिकर बढाएर ४०० पुर्याएको छ ।  करमा अचाक्ली बृद्धि गरेपछि स्थानीय बासिन्दाले नगरपालिकाका जनप्रतिनिधिहरुलाई कार्यालय प्रवेशमै राेक लगाउने चेतावनी दिएका छन् । भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना पनि दिएको छ ।

 

आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने स्थानीयबासीहरुको चेतावनी छ।

 

नगर कार्यपालिकाको कार्यालय अगाडि विहीबार बिहान ११ बजेखि १२ बजेसम्म शान्तिपूर्ण धर्नामा बसेका माओवादी नेता तथा कार्यकर्ताहरुले कर वृद्धिको विरोध स्वरुप पाखुरामा कालोपट्टी बाँधेका थिए ।

 

नेकपा माओवादी केन्द्र गोलबजार संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आगामी मंसिर ९ गते सिटी जुलुस प्रदर्शन र ११ गते नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा एक घण्टा रोक लगाउने संघर्षको कार्यक्रम सार्वजनिक गरिएको छ । 

पालिकाले भने जग्गा बर्गिकरण गरेपछि करकाे दर वृद्धि भएकाे जनाएकाे छ । पालिकाकी उपमेयर मान्ती साहले जग्गाकाे बर्गिकरण गरेसँगै करकाे दरमा फेरबदल भएकाे जानकारी गराइन् ।