मेयरसाप

काठमाडाैं महानगरकाे जरिवानाकाे चिठ्ठी एमालेले दर्ता गर्न मानेन !

हुलाक मार्फत फेरि पत्र पठाउँदै काठमाडौँ महानगर

Mayorsap

सोम, मंसिर १०, २०८१ | ०९:२२ बजे

काठमाडौँ, मंसिर १०। काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई पठाएकाे जरिवानाकाे पत्र केन्द्रिय कार्यालय च्यासलमा दर्ता गर्न नमानेपछि हुलाकमार्फत पत्र पठाइने भएकाे छ । 

गत शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको ‘जागरणसभा’मा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गरेको पत्र पठाएको थियो । एमालेलाई काठमाडौँ महानगरले जरिमाना गरेको पत्र शुक्रबार साँझ नै सार्वजनिक भएको थियो ।

आइतबार दिउँसो पौन २ बजे महानगरीय प्रहरी बल जरिवाना गरिएको पत्र बुझाउन च्यासल पुगेको थियाे।  उक्त पत्र एमालेले केन्द्रीय कार्यालय दर्ता गर्न नमानेको कामनपाले जनाएकाे छ । 

कार्यालय सचिवले पत्र समाते पनि पत्र दर्ता नगरिदिएपछि उनीहरुले दर्ता नगर्नुकाे कारण बुझ्न खाेजे ।एमाले केन्द्रीय कार्यालयका सचिवले आफूहरु आयोजक नभएको भन्दै आयोजकलाई नै पत्र बुझाउन सुझाव दिए । 

एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । पालिकाले साे पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिने भएकाे छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology