मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

काठमाडौं दरबार क्षेत्र

खेलकुद मेला

रघुगङ्गा गाउँपालिका

‘छोरी सम्मान कार्यक्रम’

नाम्खा गाउँपालिका

डाक्नेश्वरी नगरपालिका

ढकारी गाउँपालिका

सुनसरीको गढी–६ मा उपनिर्वाचनको छैन जनतालाई चासो, मतदाता आफ्नै काममा व्यस्त

चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या

Mayorsap

बिही, मंसिर १३, २०८१ | ११:४१ बजे

इनरुवा (सुनसरी) । यही मङ्सिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । तर त्याहाँका मतदातालाई भने कुनै चासो छैन । सबै जना आ–आफ्नो काममा व्यस्त छन ।

 

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छ भन्ने ठम्म्याउन पनि कठिन भएको छ । वि.सं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेका थिए । उनले सात सय १२ मत ल्याएका थिए । उनको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।

 

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा थिए । 


जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता कुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन । 


जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता रहेका छन् ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology