मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

जनकपुरधाम उपमहानगरपालिका

सीप

इस्मा गाउँपालिका

स्थानीय तह

बालेन शाह

उप निर्वाचन–जाजरकोटको नलगाड नगरपालिकामा ६ उम्मेदवार प्रतिस्पर्धामा, कस्ले मार्ला बाजी ?

सबै दलका उम्मेदवार एक्लाएक्लै प्रतिस्पर्धामा

Mayorsap

बिही, मंसिर १३, २०८१ | ११:५४ बजे

सुर्खेत । नेकपा माओवादीको पकेट क्षेत्र मानिएको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुन लागेको उपनिर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन भए पनि यो पटक सबै दलका उम्मेदवार एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

०७९ को निर्वाचनमा माओवादीको समर्थनमा उपप्रमुखमा निर्वाचित सरिता सिंहको ०८० कात्तिकमा भूकम्पमा परेर निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । अघिल्लो निर्वाचनमा उनी ५ हजार ४०६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् । यस्तै राप्रपाले ४८ मत र एकीकृत समाजवादीले ३६ मत पाएका थिए ।

 

अहिले एकीकृत समाजवादीले उम्मेदवार उठाएको छैन भने अर्को दललाई पनि समर्थन पनि गरेको अवस्था छैन । ६ जना उम्मेदवार भए पनि यहाँ माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने छ भने एमाले दुई दलबिचको लडाइँको फाइदा बटुल्ने रणनीतिमा छ । यहाँ रास्वपाको भने खासै प्रभाव छैन ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology