मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

काठमाडौं महानगरपालिका

राजनीतिक दल

मनहरी गाउँपालिका

नुर्वु स्याङबो घले

तिला गाउँपालिका

यू–१९ एसिया कपको पहिलो खेलमा ५५ रनले नेपाल पराजित

नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भएको थियो

Mayorsap

शुक्र, मंसिर १४, २०८१ | १३:३१ बजे

काठमाडौं । आजदेखि युएईमा सुरु भएको एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

 

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भएको थियो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाएका थिए ।


श्रीलंकाका प्रवीण मनीशाले ९ ओभरमा ३० रन दिएर ३ विकेट लिए । न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २–२ विकेट लिएका थिए ।

 

त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।
श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाएका थिए । त्यस्तै लकविन अभेसिङ्गेले ५० रन बनाए । कविजा गमागेले ३७ रन बनाएका थिए ।

 

नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिएका थिए । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology