मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

प्रादेशिक कृषि थोक बजारको निर्माण अन्तिम चरणमा

कुल रु ३० करोड ८७ लाख ६२ हजार सात सय ८७ को लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।

Mayorsap,विवेक मण्डल

सोम, कार्तिक १९, २०८१ | १९:३७ बजे

काठमाडौँ 
कार्तिक १९ गते,
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थाना भर्‍याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ ।

गौरवका आयोजनाका रूपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।
 

कुल रु ३० करोड ८७ लाख ६२ हजार सात सय ८७ को लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।
 

अनक-माउन्टेन जेभी काठमाडौँले ठेक्का पाएको सो हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताए । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको सो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि सुरु भएको थियो ।
 

निर्माण कम्पनीले यही २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी यही मङ्सिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समय सीमा तोकिएको छ ।
 

प्रदेश सरकारको ७०/३० को लगानी मोडल अनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट,रिटेलस मार्केट,किसानको टहरा,प्रशासनिक तथा क्यान्टिन,कोल्ड स्टोरेज लगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सब इन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिए ।
 

अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको सो हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३  सटर रहेको जनाएको छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेको सो भवनको माथिल्लो तलामा पनि सटर छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology