सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु : प्र.जि.अ दाहाल
आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले पीडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सद्भाव,समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुने बताए ।
Mayorsap,विवेक मण्डल
बुध, कार्तिक २१, २०८१ | ०६:३८ बजे
काठमाडौँ
कार्तिक २१ गते,
सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न आफू प्रतिबद्ध रहेको जनाएका छन् ।
सप्तरीमा मंगलबार पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरि उनले यस्तो बताउँदै यसका लागि सञ्चारकर्मी समेतको सकारात्मक सहयोगको अपेक्षा समेत राखेका छन् ।
आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले पीडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सद्भाव,समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुने बताए ।
प्रजिअ दाहालले आफ्नो कार्य कुशलता र सबैको साथ सहयोग लिएर सुशाशन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।
पत्रकारको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले प्रहरी प्रशासनलाई पनि मद्दत पुग्ने भन्दै उनले सत्यतथ्य समाचार सम्प्रेशनका लागि समेत पत्रकारहरुसँग आग्रह गरे । उनले काम गर्ने क्रममा कुनै त्रुटि भए सचेत र आवश्यक सुझाव दिन समेत सञ्चारकर्मीहरुसँग अनुरोध गरे ।
सो अवसरमा सञ्चारकर्मीहरुले जिल्लामा देखिएका विभिन्न समस्या र शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले चाल्नु पर्ने कदमबारे आ–आफ्ना सुझाव दिएका थिए ।