मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

‘दलित मानव अधिकार पुस्तक-२०८०’ सार्वजनिक

धार्मिक स्थलमा जातका आधारमा विभेद,छुवाछूत निषेधका ४ (१० प्रतिशत)घटना भएका छन जसमा तीन वटा उजुरी दर्ता भएको छ । प्रदेशगत रूपमा हेर्दा कोसी प्रदेशमा चार,मधेस १६,वाग्मती पाँच,गण्डकी पाँच,लुम्बिनी आठ,कर्णाली ११,सुदूरपश्चिम १० गरी जम्मा ६० वटा घटना भएका छन् ।

Mayorsap,विवेक मण्डल

शुक्र, कार्तिक २३, २०८१ | १९:१९ बजे

काठमाडौँ, कार्तिक २३: समता फाउण्डेसनद्वारा प्रकाशित ‘दलित मानव अधिकार पुस्तक-२०८०’ आज सार्वजनिक गरिएको छ । 
 

फाउण्डेसनले आज आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तर्क्रियाका अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विक,फाउण्डेसनका अध्यक्ष डा.मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका छन् ।  
 

फाउण्डेसनका अनुसार विसं २०८० मा सार्वजनिक तथा निजी स्थानमा जातका आधारमा विभेद,छुवाछूत,निषेधका जम्मा १२ वटा (१७ प्रतिशत)घटना भएका छन् भने सात वटा उजुरी दर्ता र एक वटा मिलापत्र गरिएको छ । 
 

त्यसैगरी पेसा,व्यवसाय तथा श्रममा जातका आधारमा विभेद,छुवाछूत,निषेधका जम्मा पाँच (८ प्रतिशत)वटा घटना भएका छन् भने तीन वटा घटना कानुनी प्रक्रियामा अगाडि बढाइएको छ र तिमध्ये एक वटा घटना विदेशी भूमिमा (जापानको टोकियोस्थित रेस्टुरेन्ट) भएको छ । 
 

“अन्तरजातीय विवाहमा जातका आधारमा विभेदका १० (१७ प्रतिशत)वटा घटना भएका छन् भने छ वटा घटना कानुनी प्रक्रियामा अगाडि बढाइएको छ । १० वटामध्ये दुई वटा घटनापीडितलाई झुठो मुद्दा लगाइको घटना छ”,अध्ययन पुस्तकमा भनिएको छ । 
 

त्यसैगरी जातका आधारमा गाली बेइज्जती,अपमान,कुटपिट,धम्कीका २९ (४८ प्रतिशत)घटना भएको,२५ वटा घटना कानुनी प्रक्रियामा गएको र दुई वटा घटनामा कानुनी कारबाही भएको फाउण्डेसनका अध्यक्ष डा.मदनप्रसादले जानकारी दिए ।  
 

त्यसैगरी धार्मिक स्थलमा जातका आधारमा विभेद,छुवाछूत निषेधका ४ (१० प्रतिशत)घटना भएका छन जसमा तीन वटा उजुरी दर्ता भएको छ । प्रदेशगत रूपमा हेर्दा कोसी प्रदेशमा चार,मधेस १६,वाग्मती पाँच,गण्डकी पाँच,लुम्बिनी आठ,कर्णाली ११,सुदूरपश्चिम १० गरी जम्मा ६० वटा घटना भएका छन् । 
 

“धेरैजसो जातीय भेदभाव तथा छुवाछूतका घटना बाहिर आउँदैनन्,आएका घटना मिलापत्रमा टुंगीन्छन्,जातीय विभेदलाई संरक्षण गर्ने,पीडितविरुद्ध झुटो मुद्दा लगाउने गरिन्छ, उल्लेखित ६० वटा घटनाहरू जातका आधार घटेका प्रतिनिधिमूलक घटनाहरू हुन,जसले दलित समुदायको मानव अधिकारको अवस्थामा अपेक्षित रूपमा सुधार हुन नसकेको तथ्यलाई देखाउँछ”,अध्ययन पुस्तकमा समावेश गरिएको छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology