मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

`पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि संगठित हुनुको विकल्प छैन`: प्रमुख यादव

कार्यक्रममा बोल्दै यादवले महिला, मधेसीलगायत उत्पीडित जात/जाती समुदायले थोरै भएपनि पाएको मान प्रतिष्ठा र अधिकार जसपा नेपालकै देन भएको जिकिर गरिन् ।

Mayorsap,विवेक मण्डल

शनि, कार्तिक २४, २०८१ | १९:२० बजे

राजविराज, कार्तिक २४: जसपा नेपालकी केन्द्रीय सदस्य एवम् ´जनतासँग जसपा नेपाल´आधारभूत संगठन निर्माण अभियानकी अभियानकर्मी तथा तिरहुत गाउँपालिकाकी प्रमुख पुनमकुमारी यादवले पहिचान प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि संगठित हुनुको विकल्प नरहेको बताएकी छिन् ।

 

जसपा नेपाल तिरहुत गाउँपालिकाद्वारा सप्तरीको त्रिकोलमा शनिबार आयोजित ´जनतासँग जसपा नेपाल´ आधारभूत संगठन निर्माण अभियान अन्तर्गत पालिकास्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 
 

कार्यक्रममा बोल्दै यादवले महिला, मधेसीलगायत उत्पीडित जात/जाती समुदायले थोरै भएपनि पाएको मान प्रतिष्ठा र अधिकार जसपा नेपालकै देन भएको जिकिर गरीन । मधेशी जनतालाई नेपाली नागरिक स्वीकार नगर्ने अवस्थाको स्मरण गर्दै उनले विहारी भनेर हेप्ने प्रवृत्तिको अन्त्य गरी मधेसी जनताको प्रतिष्ठा उच्च बनाउने कार्य जसपा नेपालले गरेको उल्लेख गरिन् । 
 

संघीयताका कारण विकासले गति लिएको र देशमा संघीय शासन व्यवस्था ल्याउने पार्टी जसपा नेपाल भएको बताउँदै उनले विकास र अधिकारका लागि जसपा नेपालमा संगठित हुनुको विकल्प नरहेको तर्क गरिन । 
 

जसपा केन्द्रीय सदस्य एवम् अभियान्ता शम्भुकुमार  झाले राजनितीक तथा सामाजिक परिवर्तनमा पार्टीको ठूलो योगदान रहेको बताए । देशमा भएको राजनीतिक तथा सामाजिक उपलब्धि जसपा नेपालकै संघर्षबाट प्राप्त भएको दाबी गर्दै उनले प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताको लागि टोल तहसम्म संगठन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले संगठन निर्माणसंगै पार्टीको विचार सिधाान्त र पार्टीले देश र जनताको लागि गरेको योगदान बारे जनजागरण गर्नुपर्ने आवश्यकता औंल्याए । 
 

जसपा मधेश प्रदेश सदस्य विनोदकुमार यादवले आधारभूत संगठन निर्माण अभियान जनतालाई पार्टीसँग जोड्ने अभियान भएकोले सक्रियता पूर्वक अभियानमा जोडिन स्थानीय नेताकार्यकर्तालाई आग्रह गरे । 
 

जसपा नेपाल तिरहुत गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सदस्य रामदेव यादव, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त कुमार बहडखेरलगायतकाले संगठन निर्माण कार्यलाई तीब्र बनाउनु पर्नेमा जोड दिए ।  
जिल्ला सदस्य एवम् अभियान्ता अरुणकुमार गोइतद्वारा संचालित कार्यक्रममा स्वागत तिरहुत गाउँपलिका वडा नम्बर २ का अध्यक्ष एवम् पार्टीका वडा समिति अध्यक्ष शिव नारायण मेहताले गरे । 
 

तिरहुत गाउँपालिका अन्तर्गतका अगुवा नेताकार्यकर्ता सहभागी विस्तारित बैठकले ५ वटै वडा तथा बुथ र टोलमा विस्तारित बैठक राख्ने निर्णय गरेको गाउँपालिका सचिब रामकृष्ण यादवले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology