मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

साइकल जात्रा

बजेट

गुणस्तरहीन दुध

राजविराज नगरपालिका

बुटवल उपमहानगरपालिका

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान धरान जाने

Mayorsap

आइत, कार्तिक २५, २०८१ | ०७:१४ बजे

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुनसरीको धरान जाँदै हुनुहुन्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान जान लाग्नुभएको हो ।

प्रतिष्ठानले ८ वर्षपछि भोलि (सोमबार) दिक्षान्त समारोह गर्दैछ। सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३औं दीक्षान्त गर्न लागेको हो।

कार्यक्रममा प्रतिष्ठानका कुलपति एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।

दिक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरुलाई दीक्षित गरिने भएको हो ।

प्रतिष्ठानले प्रदान गदैँ आएको मेडलहरु पनि वितरण गरिने भएको छ। प्रतिष्ठानले हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन्।

प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology