मेयरसाप

विद्यालय

राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा चल्यो ललितपुर महानगरको डोजर

Mayorsap

आइत, कार्तिक २५, २०८१ | १३:१७ बजे

ललितपुर, कात्तिक २५: ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा डोजर चलाएको छ ।

आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो । महानगरपालिकाले बाेर्डले बनाएकाे अनाधिकृत संरचनामा डाेजर लगाएर भत्काइएकाे जनाएकाे छ ।

नगर प्रहरीप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत संरचना बनाएकोले भत्काउनुपरेकाे बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेका कारण आफूहरुले डोजर चलाएको जानकारी गराए । 

उनले भने, ‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढी मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौं । हामीले ७ दिनको समय पनि दिएका थियौं ।’ 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology