Ad Image

विद्युत प्राधिकरणका कर्मचारीले कुलमान घिसिङलाई बुझाए १६ बुँदे ध्यानाकर्षणपत्र

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731229991.jpg

काठमाडौँ, कार्तिक २५: नेपाल विद्युत प्राधिकरणका कर्मचारीले दरबन्दी विवरण स्वीकृतिमा असन्तुष्टि जनाउँदै कार्यकारी निर्देशक कुलमान घिसिङलाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । 
 

प्राधिकरणमा क्रियाशील ने.वि.प्रा राष्ट्रिय कर्मचारी युनियन र ने.वि.प्रा कर्मचारी कल्याण परिषद्ले संयुक्त रूपमा यो ध्यानाकर्षणपत्र पेश गरेका हुन् । उनीहरूले व्यवसायगत कार्य सञ्चालनका लागि आवश्यक जनशक्तिको यकिन गरी संगठन संरचना र दरबन्दी विवरण तयार नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । 
 

ध्यानाकर्षणपत्रमा प्राधिकरणले सरोकारवालाहरूसँग पर्याप्त बहस तथा छलफल नगरी दरबन्दी विवरण स्वीकृत गरेको आरोप लगाइएको छ । कर्मचारीहरूले संस्थागत विकास, संगठनात्मक सुधारर कर्मचारीको हकहित सम्बन्धी विषयमा पनि ध्यान दिन माग गरेका छन् । 
 

ध्यानाकर्षणपत्रमा समेटिएका मुख्य बुँदाहरूमा संगठन संरचना पुनःनिर्माण, दरबन्दी यकिन गर्न पारदर्शी प्रक्रिया अपनाउने, कर्मचारीहरूको पदोन्नति तथा कार्यस्थलमा स्वच्छ वातावरण निर्माणलगायतका विषय रहेका छन् ।

कर्मचारीहरूको असन्तुष्टिलाई समाधान गर्दै प्राधिकरणलाई थप सुदृढ बनाउने विषयमा घिसिङको कदमप्रति सबैको ध्यान केन्द्रित छ ।