Ad Image

रवि लामिछानेविरुद्ध चौथोपटक १३ दिनका लागि थपियाे म्याद

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731245979.jpg

पोखरा, कात्तिक २६। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन प्रकरणमा थप १३ दिन थुनामा राखिने भएको छ। 

चौथोपटक म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले उनलाई थप १३ दिन थुनामा राख्न आदेश दिएको हो।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरिएको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो। उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो। रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।