मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

स्थानीय तह उपनिर्वाचनः त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले टुंगाे लगाए उम्मेदवार

Mayorsap

सोम, कार्तिक २६, २०८१ | १०:३५ बजे

काठमाडौँ, कात्तिक २७: १६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् ।

 

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।

 

कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।

 

यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राई र बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ  । एमालेले भने उम्मेदवार तय केही दिनभित्र गर्ने जनाएको छ । रास्वपालगायत अन्य दलले भने उम्मेदवारकाे टुंगाे लगाइसकेका छैनन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology