Ad Image

जनकपुरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने बिद्यालयका मालिकहरूकाे चेतावनी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731376243.jpg

काठमाडौँ 
कार्तिक २७ गते, 
जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको शुल्क सम्बन्धी नयाँ निर्णय गरेपछि हिसान,प्याब्सन,र एनप्याब्सन धनुषाले आन्दोलनको चेतावनी दिएका छन् । 

 

उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै उनीहरूले उक्त निर्णय सच्याइएन भने जनकपुरका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।
 

सोमबार आयोजित पत्रकार सम्मेलनमा हिसान धनुषाका अध्यक्ष संजीवकुमार झाले शैक्षिक सत्र ०८१/०८२ को प्रारम्भमा “शिक्षा ऐन २०७४“ अनुसार नामाङ्कन शुल्क,मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सकिने सहमतिअनुसार विद्यालयहरूले कार्यान्वयन गरिरहेको बताए। उनले भने, “नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ धनुषाको दबाबमा उपमहानगरपालिकाले ‘छात्रवृत्ति वितरण कार्यविधि २०७४’ अन्तर्गत मात्र रजिष्ट्रेशन र परीक्षा शुल्क लिने निर्णय गरेको छ, जुन अस्वीकार्य छ।”
 

मोडेल क्याम्पसका सञ्चालक विरेंद्र साहले पनि चालु शैक्षिक सत्रका लागि भदौ १३ गतेको निर्णयानुसार नै शुल्क लिन पाउनुपर्नेमा जोड दिएका छन् । उनले उपमहानगरको नयाँ निर्णयलाई अध्ययन र परामर्शपछि आगामी सत्र २०८२/२०८३ देखि मात्र लागू गर्नुपर्ने माग गरेका छन् ।
 

तीनैवटा संगठनले जनकपुरका शैक्षिक संस्थाहरूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गर्दै नयाँ निर्णय नसच्याए अनिश्चितकालका लागि विद्यालयहरू बन्द गरेर कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।