मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

पक्राउ परे दीपक मनाङ्गे

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

Mayorsap

मंगल, कार्तिक २७, २०८१ | १२:४९ बजे

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । 

यही कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोही घटनामा उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर अदालतले गरेको हो । 

अब प्रहरीले फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गराउनेछ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology