Ad Image

दिपक मनाङे जेल चलान

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731402339.jpeg

काठमाडौँ, कात्तिक २७: ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) जेल चलान भएका छन् ।     
     
आजै बिहान काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो ।

 

सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो । अदालतको फैसला कार्यान्वयन गराउँदै उनलाई जेल चलान गरिएको हो ।