मेयरसाप

विद्यालय

जिसस कैलाली अध्यक्षमा कांग्रेसबाट टीकाको उम्मेदवारी तय

Mayorsap

बिही, कार्तिक २९, २०८१ | १३:५० बजे

काठमाडौँ, कात्तिक २९: १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

जिल्ला कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।

 

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त छ ।

 

अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस भएकी भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन् । नेपाली कांग्रेसबाट दलित महिला सदस्यको रुपमा उनी वडामा निर्वाचित भएकी थिइन् ।

 

जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टी जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology