मेयरसाप

कालीगण्डकी गाउँपालिका

न्यायिक समिति

चामुण्डा बिन्द्रासैनी नगरपालिका

रवि लामिछाने

मिक्वाखोला गाउँपालिका

लिबर्टी इनर्जीको हकप्रद शेयर बिक्री खुला, कहिलेसम्म छ म्याद?

Mayorsap

आइत, मंसिर १६, २०८१ | ०९:२५ बजे

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आज (मंसिर १६ गते) देखि हकप्रद शेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ता शेयर निष्कासन गरेको छ । शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेकाले कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद शेयरमा पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology