कीर्तिपुरमा यस्ताे छ उपनिर्वाचनकाे राैनक (तस्विरहरु)
Mayorsap
आइत, मंसिर १६, २०८१ | १०:४९ बजे
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुरमा मेषयर पदका उम्मेदवारलाई मतदान गर्न मतदाताहरू उत्साहित देखिएका छन् । कीर्तिपुर मेयर पदमा ९ राजनीतिक दलसहित ११ स्वतन्त्र उम्मेदवारहरूका लागि मतदाताहरूले मत हालिरहेका छन् ।
कांग्रेस कीर्तिपुर नगर सभापतिसमेत रहेका नेपाली कांग्रेसका मेयर प्रत्यासी कृष्णमान डंगोलले वडा नं २ को देव ढोका मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।
एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् । माओवादी उम्मेदवार शिवशरणलाई नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले समर्थन गरेका छन् ।
गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवारलाई बढार्दै यहाँ कांग्रेसले क्लीनस्वीप गरेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि निक्कै प्रतिस्पर्धा भइरहेकाे छ ।