मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

काठमाडौं दरबार क्षेत्र

दङ्गीशरण गाउँपालिका

राप्तीसोनारी गाउँपालिका

गोपाल हमाल

घरपझोङ गाउँपालिका

विश्व सम्पदा

कर्णालीका ८ स्थानीय तहमा शान्तिपूर्ण रूपमा मतदान जारी

उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु

Mayorsap

आइत, मंसिर १६, २०८१ | ११:४० बजे

सुर्खेत । कर्णाली प्रदेशका स्थानीय ८ तहमा उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान मतदान भइरहेको छ ।


कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । कर्णालीमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि मतदान भइहरेको छ ।


त्यस्तै दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उपनिर्वाचनका लागि मतदान भइरहेको छ ।


दैलेखको महाबुमा नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा (माओवादी केन्द्र)बाट जंगबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् । महाबुमा नौ मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन् ।

 

नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् । यस्तै रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ । नलगाडको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदान स्थलमा २४ मतदान केन्द्र तोकिएको छ ।

 

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन् । यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् । यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् । सर्केगाडको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेका छन् ।

 

जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ । यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन् ।

 

दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । त्यसका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु–१३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदान स्थलमा दुई वटा मतदान केन्द्र तोकिएको छ । सानीभेरी–५ को वडाध्यक्षमा चार जना चुनावी प्रतिस्पर्धामा छन् । कालिकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । यहाँ एक मतदानस्थल रहेको छ भने वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको छ । त्रिपुरा सुन्दरी–५ को वडाध्यक्षका लागि चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


प्रदेशका विभिन्न पालिकामा एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । प्रदेशका ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् ।


आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको सह प्रवक्ता चालिसेले जानकारी दिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology