Ad Image

कीर्तिपुरमा मतदान जारी, मतदाताहरू उत्साहित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733036092.jpg

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुरमा मेयर पदका उम्मेदवारलाई मतदान गर्न मतदाताहरू उत्साहित देखिएका छन् ।  कीर्तिपुर मेयर पदमा ९ राजनीतिक दलसहित ११ स्वतन्त्र उम्मेदवारहरूका लागि मतदाताहरूले मत हालिरहेका छन् ।

 

कांग्रेस कीर्तिपुर नगर सभापतिसमेत रहेका नेपाली कांग्रेसका मेयर प्रत्यासी कृष्णमान डंगोलले वडा नं २ को देव ढोका मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

 

एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् । माओवादी उम्मेदवार शिवशरणलाई नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले समर्थन गरेका छन् ।

 

गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवारलाई हराएर यहाँ कांग्रेसले जितेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि निक्कै प्रतिस्पर्धा भइरहेको छ ।