Ad Image

जाजरकोटमा चार हजारभन्दा बढी मत खस्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733029485.jpg

जाजरकोट । उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो  । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले  कुशे गाउँपालिकाको २ वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान भइरहेको जानकारी दिए । मतदान उत्साहपूर्वक रुपमा भइरहेको प्रजिअ मग्रातीले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले १२ बजेसम्म नलगाड नगरपालिकामा ३ हजार पाँचसय ५६ र कुशे ७ को वडा अध्यक्षका लागि ४ सय  २८ मत खसेको जानकारी गराएको छ । 

आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि १ हजार ३ सय २ र नलगाड नगरपालिकामा १६ हजार ४ सय ४९ गरी कुल १७ हजार ७ सय ५१ मतदाता  छन् ।